Logo

Banner-news

महासंघद्वारा सरकारलाई डेढ करोड सहयोग, कामविहीन श्रमिकलाई खाद्यान्न सहयोग गर्ने


GDP Nepal
   १६ चैत्र २०७६, आइतबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेको छ ।

महासंघका अध्यक्ष भवानी राणाले उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखेरललाई आज सिंहदरवारमा गई ५९ लाखको चेक हस्तान्तरण गरिन् भने बाँकी ९१ लाख बराबरको स्वास्थ्य तथा खाद्यान्न लगायतको सामग्रीहरू महासंघले सहयोग दिनेछ । महासंंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकालको टोलीसहित सिंहदरबार पुगेकी अध्यक्ष राणाले उक्त सहयोग हस्तान्तरण गरेकी हुन् ।

महासंघले लकडाउनका समयमा कामविहीन भइ बसेका श्रमिकहरूलाई खाद्यान्न सामग्रीहरू उपलव्ध गराउने छ । आफ्नो देशैभर रहेको संजाल मार्फत महासंघले उद्योग व्यवसायमा काम गर्ने श्रमिक कामदारहरूको तथ्यांक संकलन गरीरहेको छ ।

महासंघले यसअघि सरकारलाई दशहजार थान मास्क र २ सय पचास सेट व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरिसकेको छ भने थप स्वास्थ्य सामग्री संकलनमा पनि महासंघ लागिरहेको छ । महासंघले संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई मनन गर्दै मुलुकलाई परेको अप्ठेरो समयमा सरकारलाई हरतरहले सहयोग गर्दै आएको छ ।

महासंघले कोभिड–१९ नेपालभर फैलनसक्ने सम्भावना देखेर सोको रोकथाम, नियन्त्रण तथा निर्मुलन गर्न नेपाल सरकार मन्त्रिपरिषद्बाट यसअघि भएको लकडाउन सम्बन्धी निर्णयलाई मनन गरी लकडाउनको अवधिभर अत्यावश्यक उद्योग व्यवसायहरू सञ्चालनको व्यवस्था गर्न आग्रह ग¥यो ।
जसअनुसार औषधि एवं जनस्वास्थ्यसंग सम्बन्धित आवश्यक सामग्रीहरू उत्पादन गर्ने उद्योग तथा स्वास्थ्य जीवनसँग सम्बन्धित आवश्यक सामग्री, खाद्य पदाथर्, दुग्धजन्य पदार्थ तथा पिउने पानीसँग सम्बन्धित उद्योगलगायत रहेका छन् । यस्तै, अस्पताल तथा चिकित्सा सेवासँग सम्बन्धित उद्योग, इन्टरनेट, सुरक्षा तथा सरसफाइसँग सम्बन्धित उद्योग, पेट्रोलियम पदार्थ तथा ग्याससँग सम्बन्धित उद्योग रहेका छन् ।
यस्ता उद्योगहरुमा सुरक्षाका सबै उपायहरू अवलम्वन गरी यथावत रूपमा संचालन गर्न र बा“की सबै उद्योग प्रतिष्ठानहरू चैत १८ गते विहान ६ बजेसम्मका लागि बन्द गरी त्यहा“ कार्यरत कामदार कर्मचारीहरूलाई बिदा दिई सरकारले गरेको निर्णयलाई सफल पार्न महासंघले आफ्ना मातहतका सबै सदस्य संघ÷संस्था÷उद्योग प्रतिष्ठानहरूलाई आग्रह गरेको थियो ।

यस्तै, महासंघ टोलीले अत्यावश्यक उद्योग व्यवसाय संचालनका क्रममा कुनै समस्या उत्पन्न भएमा स्थानीय प्रशासनसंग सम्पर्क एवं समन्वय गर्न समेत महासंघ अनुरोध ग¥यो । महासंघले कठिन अवस्थामा मानव स्वास्थ्यको संवेदनशीलता समेतलाई ख्याल गरी व्यक्तिगत स्वास्थ्यप्रति अधिकतम सजगता अपनाउदै सुरक्षित रहन सवै उद्योगी व्यवसायी, कामदार कर्मचारीहरुलाई अपिल गरेको छ । यस्तै, कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा निर्मुलन गर्न नेपाल सरकारले जारी गरेका सवै नीति, कार्यक्रम, स्वास्थ्य योजना तथा निर्णयहरूमा आफ्नो ऐक्यवद्धता प्रकट गर्दै आ–आफ्ना स्थानंबाट सहयोग गरी सफल पार्न महासंघ आफ्ना सबै सदस्य संघ÷संस्था÷उद्योग प्रतिष्ठानहरूसहित सबैमा आग्रह समेत गरेको जनाएको छ ।

महासंघले कोरोनाको सम्भावित जोखिम नियन्त्रण गर्न नेपाल सरकारले ल्याएका सबै कार्यक्रम, नीति तथा स्वास्थ्य योजनाहरूको प्रभावकारी कार्यान्वयनमा महासंघले आफ्ना सबै संयन्त्रको प्रभावकारी परिचालन मार्फत सहयोग पु¥याउँदै आएको जनाएको छ ।

महासंघका सवै सदस्य संघ संस्था उद्योग प्रतिष्ठानहरूलाई अत्यावश्यक सामग्रीहरूको पारदर्शी र निष्पक्ष रूपमा बिक्री वितरण गर्न तथा आम जनमानसमा अनावश्यक रूपमा अत्यावश्यक सामग्रीहरूको भण्डारण नगर्न आग्रह गर्ने र सरकारलाई पनि अत्यावश्यक सामग्रीहरूको विक्री वितरणलाई प्रभावकारी बनाई जनमानसमा निर्धक्क हुने वातावरण बनाउन आग्रहसमेत गरेको छ ।

प्रकाशित : १६ चैत्र २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह