Logo

Banner-news

नर्भिक अस्पतालले दियो ६० लाखको स्वास्थ्यजन्य सामग्री, ५० लाख नगद


GDP Nepal
   २४ चैत्र २०७६, सोमबार


काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित नर्भिक अस्पतालले सरकारलाई ६० लाख रुपैयाँ बराबरको स्वास्थ्यजन्य सामग्री प्रदान गरेको छ । अस्पतालले यसअघि नै ५० लाख रुपैयाँ नगद सहयोग पनि प्रदान गरिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई अस्पतालका अध्यक्ष वसन्त चौधरीले सोमबार सहयोय हस्तान्तरण गरे । चौधरी वसन्त चौधरी फाउन्डेसनका अध्यक्षसमेत हुन् ।

फाउन्डेसनले दुई हजार थान थ्री एमएन ९५ मास्क, थ्री प्ले सर्जिकल मास्क ४८ हजार थान तथा मेडिकल कम्प्लिट सेट एक हजार थान मन्त्रालयलाई उपलब्ध गराएको छ ।

यस्तै, नर्भिक अस्पतालले चैत मसान्तसम्म उक्त अस्पतालमा उपचाररत सबै बिरामीलाई २० प्रतिशत छुट दिने भएको छ । फिभर क्लिनिक र आइसोलेसन कक्षमा उपचार गराउने विपन्न बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको सो अस्पतालले जनाएको छ ।

कार्यक्रममा मन्त्री ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । रोग फैलिन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनले बताए ।

प्रकाशित : २४ चैत्र २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह