Logo

Banner-news

पक्राउ परेका सुलभ अग्रवाल सीएनआई उपाध्यक्ष, सोमबारसम्म राहत बाँड्दै थिए !


GDP Nepal
   २५ चैत्र २०७६, मंगलबार


काठमाडौं । ज्वरो नाप्ने मेसिन अर्थात थर्मल गन कालोबजारी गरेको आरोपमा प्रहरीले पक्राउ गरेका व्यवसायी सुलभ अग्रवाल निजी क्षेत्रको संगठन नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्षसमेत हुन् ।

परिसंघ राष्ट्रिय काउन्सिलमा अग्रवालसहित आधा दर्जन उपाध्यक्ष र एक वरिष्ठ उपाध्यक्ष छन् । उनी परिसंघको स्थायी समिति सदस्य पनि हुन् ।

जगदम्बा स्टिल्सका सञ्चालक अग्रवाल सीएनआईका गतिविधिमा पनि उत्तिकै सक्रिय थिए । सीएनआईले देशव्यापी सञ्चालन गरिरहेको राहत वितरणका क्रममा उनले सोमबारसम्म राहत वितरणमा सहभागी भइरहेको तस्बिर सीएनआईले उपलब्ध गराएको थियो ।

तर, शंकर समूहका निर्देशकसमेत रहेका अग्रवाललाई प्रहरी आफैंले ग्राहक बनेर जाँदा प्रतिगोटा १५ हजार रुपैयाँमा बिक्री गरेको आरोपमा पक्राउ गरेको छ ।

संकटका बेला सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने माग भइरहेका बेला निजी क्षेत्रको ठूलो घरानाका व्यवसायी यसरी पक्राउ परेपछि नैतिकताको संकट उत्पन्न भएको छ ।

सरकारका हरेक निर्णयलाई आँखा चिम्लेर स्वागत गर्दै आएको परिसंघका उपाध्यक्ष नै पक्राउ परेपछि उसलाई पनि टिप्पणी गर्न संकट देखिन्छ ।

प्रकाशित : २५ चैत्र २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह