Logo

Banner-news

ललितपुर उद्योग वाणिज्य संघद्वारा जिल्लाका तीनवटै नगरपालिकामार्फत विपन्नलाई राहत


GDP Nepal
   २६ चैत्र २०७६, बुधबार


ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले ललितपुर जिल्लाका अति विपन्न, अपाङ्ग, असाहाय, दैनिक ज्यालादारी मजदुरवर्गका व्यक्ति तथा परिवारलाई राहत वितरण गर्न जिल्लाका तीनवटै स्थानीय सरकारलाई खाद्यान्न उपलव्ध गराएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकारले आममानिसमा रोग सर्नबाट बचाउन लकडाउन घोषणा गरेपश्चात विपन्नहरुको सहयोगार्थ संघले यो सहयोग गरेको हो ।

मानिसहरु सार्वजनिक रुपमा दैनिक मजदुरी नपाएर खाद्यान्नको अभावले भोकै बस्न नपरोस भन्ने हेतुले ललितपुर महानगरपालिकालाई २ टन चामल र १ सय केजी दाल प्रदान गरेको छ । यस्तै, महालक्ष्मी नगरपालिकालाई १ टन चामल र ५० केजी दाल यस्तै गोदावरी नगरपालिकालाई १ टन चामल र ५० केजी दाल उपलव्ध गराइएको हो ।

ललितपुर उद्योग वाणिज्य संघले उपलब्ध गराएको उपरोक्त खाद्यान्न तीनै वटा स्थानीय सरकारले आफ्नो क्षेत्रमा रहेका अति विपन्न, अपाङ्ग, असाहाय, दैनिक ज्यालादारी मजदुरवर्गका व्यक्ति तथा परिवारलाई राहत वितरण गरिने जनाइएको छ ।

संघका अध्यक्ष कृष्णलाल महर्जनले यस्तो सहयोग भोलिका दिनमा पनि जारी रहने जानकारी दिएका छन् ।

प्रकाशित : २६ चैत्र २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह