Logo

Banner-news

सुलभ अग्रवालको वाणिज्यदूत पद खारेज, सीएनआई उपाध्यक्षबाट हटाउन नैतिक दबाब !


GDP Nepal
   २७ चैत्र २०७६, बिहिबार


काठमाडौं । चीनबाट आयातित थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका विवादास्पद व्यापारी सुलभ अग्रवालको वाणिज्यदूत पद खारेज भएको छ । उनी नेपालका लागि किर्गिज गणतन्त्रका मानार्थ अवैतनिक वाणिज्यदूत थिए ।

कूटनीतिक सुविधा र विशेषाधिकार प्रयोग गर्दै कालोबजारी गरेको आरोपमा ज्वरो नाप्ने थर्मल गनसहित उनलाई मंगलबार पक्राउ गरिएको थियो ।

तर, निजी क्षेत्रको एउटा प्रमुख संगठन नेपाल उद्योग परिसंघको उपाध्यक्षसमेत रहेका अग्रवाललाई उक्त पदबाट परिसंघले हटाउँछ कि के गर्छ भन्ने अन्योल छ ।

परिसंघमा यसबारे दुईथरी मत रहेको बताइन्छ । उनको अवैध क्रियाकलापबारे परिसंघका सबैजसो पदाधिकारी जानकार रहेको र उनलाई सचेत गराउँदा समेत कालोबजारी नछाडेको भन्दै रुष्ट छन् ।

परिसंघ अध्यक्ष सतिशकुमार मोरलगायत परिसंघले यसबारे अहिलेसम्म संस्थागत धारणा सार्वजनिक गरेको छैन । यद्यपि, यस घटनाबाट निजी क्षेत्रको निकै सशक्त रहेको संस्थाको छवि भने धमिलिएको छ ।

परराष्ट्र मन्त्रालयको प्रोटोकल शाखाले अग्रवालको पद खारेज गरिएको जानकारी किर्गिस्तान सरकारलाई गरिएको जनाएको छ ।
अग्रवालको अवैध धन्धाको मारमा अन्य वाणिज्यदूत पनि परेका छन् । परराष्ट्र मन्त्रालयले नेपालमा रहेका सबै अवैतनिक वाणिज्यदूतहरूलाई उपलब्ध गराइएका केही विशेष सुविधा खोसिएको जनाएको छ ।

प्रकाशित : २७ चैत्र २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह