Logo

बैंक / बिमा /शेयर

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


GDP नेपाल
   २३ आश्विन २०८२, बिहिबार


काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (असोज २३ गते) अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनका लागि असोज २४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो ।

यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन् । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

एभरेष्ट बैंकले आगामी कात्तिक १२ गते बुधबार, काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा आफ्नो ३१औं वार्षिक साधारणसभा आयोजना गर्ने तयारी गरेको छ । सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि शेयरधनीहरूलाई वितरण गरिनेछ ।

प्रकाशित : २३ आश्विन २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह