काठमाडौँ । कामना सेवा विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा पुनः सुदिप आचार्य निर्वाचित भएका छन्। बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई पुनः अध्यक्षमा चयन गरेको हो।
आचार्य यसअघि पनि बैंकको अध्यक्ष पदमा रहेर संस्थाको विकास र विस्तारमा सक्रिय भूमिका निर्वाह गरिसकेका थिए। साधारण सभाबाट आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति चयन गरिएको छ। संस्थापक समूह अन्तर्गतबाट सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहबाट बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका हुन्।
नयाँ नेतृत्वले बैंकलाई अझ प्रतिस्पर्धी, डिजिटलमैत्री र सेवा–मुखी बनाउन रणनीतिक योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ।










प्रतिक्रिया