Logo

Banner-news

गाई संरक्षण अभियानमा बतास समूह, आनन्दराज बतास आफैं ट्रक चलाउँदै फिल्डमा !


GDP Nepal
   २ बैशाख २०७७, मंगलबार


काठमाडौं । पशुपति क्षेत्र विकास कोष यतिबेला सडकमा अलपत्र छाडा गाई र बाच्छा संरक्षण अभियानमा छ र कोषलाई साथ दिइरहेको छ निजी क्षेत्रको बतास अर्गनाइजेसनले । बतास अर्गनाइजेसनले आफ्नो परोपकारी संस्था बतास फाउन्डेसनमार्फत यो अभियानमा साथ दिइरहेको हो ।

रोचक पक्ष के छ भने बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास स्वयं यस अभियानमा सक्रिय छन् । गाईबाच्छा समाएर ट्रकमा राख्नेमात्र नभइ उनी ति गाईबाच्छालाई गन्तव्यसम्म पु¥याउन आफैं ट्रक चलाइरहेका छन् ।

पशुपति क्षेत्र विकास कोषलाई यो अभियानमा साथ दिन बतास फाउन्डेसनले यसका लागि ट्रक उपलब्ध गराइरहेको छ । अध्यक्ष बतासका अनुसार २ वटा ट्रक, एक पिकअप तथा ६ जना जनशक्तिसमेत उपलब्ध गराइएको छ ।

मंगलबार यो अभियानअन्तर्गत ४० खुला चौपाया समातिएको र एक साताभित्र ५ सय गाईबाच्छाको व्यवस्थापन गर्ने योजना रहेको छ । यसरी संकलित पशुलाई आश्रय दिने जनाइएको छ ।

हाल काठमाडौंको बालाजुदेखि काभ्रेको धुलिखेलसम्म गरी सो संख्याका गाई र बाच्छाको उद्धार गरिएको फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए ।

उद्धार गरिएका गाईलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको उत्तरी कुनामा रहेको कागेश्वरी मनोहरा नगरापालिका– ८ स्थित गोठाटारको बागमती किनारको चौरमा राखिएको छ । उद्धारमा फाउन्डेसनका अध्यक्ष बताससहित पशुपति क्षेत्र विकास कोषका अध्यक्ष डा. प्रदीप ढकाल, कोषाध्यक्ष डा. मिलन थापालगायत सक्रिय छन् ।

फाउन्डेसनले यसबीचमा अलपत्र मान्छेको समेत उद्धार गरेको छ । गाईको उद्धारमा जाँदै गर्दा लकडाउनका कारण बाटोमा दर्जनौँ बटुवा घर फर्किंदै गरेको भेटेर उद्धार गरिएको हो । उनीहरूलाई ट्रकमा राखेर सिन्धुली छेउसम्म पु¥याइदिएको बतासले जानकराी दिए ।

प्रकाशित : २ बैशाख २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह