Logo

Banner-news

सरकारलाई ‘चेक’ बुझाएर संकटमा जिम्मेवारी पूरा हुँदैनः विनोद चौधरी


GDP Nepal
   ३ बैशाख २०७७, बुधबार



काठमाडौं । अर्बपति व्यवसायी विनोद चौधरीले मुलुक संकटमा पर्दा सरकारलाई करोडौं रुपैयाँको चेक बुझाएरमात्र जिम्मेवारी पूरा नहुने बताएका छन् ।

मुलुकमा संकट पर्दा स्वदेशी उद्यमीले सहयोग नगरेको विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा आलोचना भइरहेपछि उनले किताब जात्रा नामक अन्तक्रिरयामा यस्तो बताएका हुन् ।

व्यवसायीप्रतिको अपेक्षा स्वाभाविक भए पनि गर्ने र नगर्नेमाथि समान व्यवहार नभएको उनको भनाइ छ । सरकारसँग मिलेर नै काम गरिरहेको र सरकारी अस्पताललाई पनि सरकारलाई सहयोग गरिरहेको उनले बताए ।

अहिलेसम्म कुल २ करोड रुपैयाँ बराबरको सहयोग गरिसकेको उनले जानकारी दिए ।

सरकारसँग प्रतिस्पर्धा गरेको नभइ विभिन्न प्रदेश सरकारसँग सहकार्य गरिररहेको उनको भनाइ छ । सरकारले यसका लागि सहयोग गरेको र वातावरण बनाएको उनले बताए । ११९ वटा सेन्टरमा सहयोग गरेको उनले जानकारी दिए ।

सरकारी संयन्त्रले मात्र संकटमा जनताको सेवा दिन नसक्ने भएकाले आफूहरु जनतासम्मै पुगेर सेवा गर्न चाहेको उनले बताए । सरकारी संयन्त्रप्रति प्रश्न गर्दै उनले भने– भूकम्पका बेला पुनर्निर्माण प्राधिकरणको सीईओ छान्न ६ महिनाभन्दा बढी लगाउने संयन्त्रबाट के अपेक्षा गर्ने ?

सीजी फाउन्डेसनमार्फत अहिले पनि ४४ भन्दा बढी अस्पतालमा पीपीई पु¥याएको उल्लेख गर्दै टेस्टिङका लागि पाँचवटा सेन्टरमा प्राविधिक स्थापनामा सहयोग गरिरहेको उनले बताए ।

भारतसँग सीमा जोडिएका प्रदेशहरुमा आफूहरुको सहयोग केन्द्रित भइरहेको उनको भनाइ छ ।

लक्षित वर्गमा सहयोग केन्द्रित गरेका कारण सीजी फाउन्डेसनलाई सहयोगको प्रस्तावसमेत आइरहेको उनले बताए । ज्याक मा, बिल मेलिन्डा फाउन्डेसनको सीजीमार्फत सहयोग आइरहेको उनले जानकारी दिए ।

प्रकाशित : ३ बैशाख २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह