Logo

बैंक / बिमा /शेयर

एशियन कंक्रिटो लिमिटेडले आईपीओ जारी गर्ने, बोलायो साधारण सभा


GDP नेपाल
   २९ आश्विन २०८२, बुधबार


काठमाडौं । एशियन कंक्रिटो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ ९प्राथमिक शेयर० जारी गर्ने तयारी अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि आगामी कात्तिक १९ गते साधारण सभा आह्वान गरेको हो ।

कम्पनीको सञ्चालक समितिको असोज २८ गते बसेको बैठकले नवलपरासीस्थित कम्पनीको कार्यालयमा दिनको १२ः३० बजेबाट सभा सुरु गर्ने निर्णय गरेको छ । सभामा प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गरिनेछ । सो अवसरमा सर्वसाधारणलाई छुट्याइएको शेयरमध्ये सम्बन्धित क्षेत्र र समूहका लगानीकर्तालाई पनि शेयर जारी गर्ने प्रस्ताव पारित गरिने कम्पनीले जनाएको छ ।

यस्तै, आईपीओ निष्कासनपछि कम्पनीको सञ्चालक समितिको संरचना परिवर्तन गर्ने र आवश्यक थप निर्णय तथा कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण लगायतका अन्य साधारण र विशेष प्रस्तावहरू पनि पारित गरिने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : २९ आश्विन २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह