Logo

बैंक / बिमा /शेयर

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा विशेष छुट


GDP नेपाल
   १३ कार्तिक २०८२, बुधबार


काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई वन्डर्स नेपाल प्रालिद्धारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने भएको छ ।
यस सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता समेत गरिएको छ ।

सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकहरुले काठमाडौं, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।


यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक मोबाइल एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त कम्पनीसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित : १३ कार्तिक २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह