Logo

कर्पोरेट-बजार

एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी निःशुल्क डेटा


GDP नेपाल
   २६ कार्तिक २०८२, मंगलबार


काठमाडौं। एनसेल आजीवन प्रा.लि.ले आकर्षक ‘११:११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको जनाएको छ। यसअन्तर्गत नोभेम्बर ११ का दिन एनसेल एपमार्फत रु. २०० वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकहरूमध्ये ११ जना भाग्यशाली ग्राहकहरूले ११ जीबी निःशुल्क डेटा प्राप्त गर्नेछन्।

उक्त डेटा ११ दिनको समयसीमा सहित उपलब्ध हुनेछ।
११:११ उत्सवको अवसरमा एक दिनका लागि सञ्चालन हुने यस विशेष अफरको उद्देश्य एनसेलका प्रिपेड ग्राहकहरूलाई डेटा मार्फत पुरस्कृत गर्ने र विश्वव्यापी ११:११ ट्रेन्डसँग मेल खाने रमाइलो अनुभव प्रदान गर्ने रहेको छ।


‘वन–स्टप सेल्फ–केयर एप’का रूपमा चिनिने एनसेल एप बाट ग्राहकहरूले भ्वाइस तथा डेटा प्याक खरिद गर्न, अनलाइन रिचार्ज गर्न, बिल हेर्न, बाँकी सेवा जानकारी प्राप्त गर्न, रोमिङ सेवा सञ्चालनरबन्द गर्न र गिफ्टका रूपमा प्याक पठाउन सक्छन्। साथै, एपमा अनलाइन तथा अफलाइन गेम, समाचार हेर्ने सुविधा र अन्य मनोरञ्जनात्मक सामग्रीहरू पनि उपलब्ध छन्। ग्राहकहरूले गुगल प्ले स्टोर वा एप स्टोर बाट एनसेल एप डाउनलोड गरी यी सेवाहरूको फाइदा लिन सक्छन्।


विश्वव्यापी रूपमा प्रख्यात ११:११ ट्रेन्ड चीनबाट सुरु भएको अनलाइन किनमेल उत्सव हो, जसले हाल ठूला सेल, फ्ल्यास डिल र सीमित समयका अफरहरू मार्फत उपभोक्ताहरूलाई आकर्षित गर्दै आएको छ।

प्रकाशित : २६ कार्तिक २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह