काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष ०८१/८२ को वार्षिक वित्तीय विवरण, लेखापरीक्षक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरिएका छन् ।
फोनपे कम्पनीका सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीहरूलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । स्वतन्त्र सञ्चालकका रूपमा पुनः सशीन जोशीलाई पुनर्नियुक्त गर्ने र आर्थिक वर्ष ०८२/८३ का लागि एनबीएसएमएण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा पुनः नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।
सभाले विशेष प्रस्तावमार्फत फोनपे कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने तथा निकट भविष्यमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने निर्णय पनि गरेको छ ।










प्रतिक्रिया