काठमाडौँ । लैनचौरस्थित नेपाल स्काउटको जग्गामा खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले बनाएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
कांग्रेस नेता एवं पूर्वऊर्जमन्त्री दीपक खड्काको कम्पनीलाई जग्गााको भाडाबापत बक्यौता बुझाएर खाली गर्न महानगरले अल्टिमेटम दिएको थियो।
नेपाल स्काउट र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच २०६५ सालमा ३ रोपनी जग्गा १० वर्षका लागि करार सम्झौता भएको थियो । सम्झौता सकिएको वर्षौ बितिसक्दा पनि खड्का ल्याण्डले जग्गा खालि नगरेपछि महानगरले उक्त संरचनामा डोजर चलाएको हो ।











प्रतिक्रिया