Logo

बैंक / बिमा /शेयर

प्राइम बैंकका संस्थापक सीइओ मानन्धरको निधनः आर्थिक क्षेत्रमा अपूरणीय क्षति


gdpnepal
   २३ मंसिर २०८२, सोमबार


काठमाडाौं । प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको ८३ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

मानन्धरले संस्थापनादेखि लामो समयसम्म बैंकको नेतृत्व गरेका थिए ।

सन् १९६९ मा भूमि सुधार तथा वचत निगमको शाखा प्रमुखको रुपमा सेवा प्रवेश गरेका मानन्धरले राष्ट्रिय धानचामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैंक लि.को प्रथम श्रेणीको विभागीय प्रमुख र पछि नायब महाप्रबन्धकको जिम्मेवारी सम्हालेका थिए ।

स्व. मानन्धर धानचामल निर्यात कम्पनीको महाप्रबन्धक, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनमा परामर्शदाता, राष्ट्रिय वाणिज्य बैंकको कार्यकारी सञ्चालक, लुम्बिनी बैंक लि.को प्रमुख कार्यकारी अधिकृत तथा विश्व बैंकको जलविद्युत विकास कोष र नेपाल बङ्गलादेश बैंक लि हुँदै प्राइम कमर्सियल बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।

नेपालको आर्थिक तथा बैंकिङ्ग इतिहासमा दीर्घ सेवाकासाथ यति महत्वपूर्ण भूमिकाका निर्वाह गर्नु हुने व्यक्तित्व विरलै रहेका छन् । मानन्धरको देहावसानबाट नेपालको आर्थिक जगतले एक नक्षत्र गुमाई अपूरणीय क्षति व्यहोर्नु परेको छ ।

 

प्रकाशित : २३ मंसिर २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह