Logo

Banner-news

निर्यात अभिवृद्धिका लागि इकोनद्वारा सरकारलाई ३१ बुँदे सुझाव !


GDP Nepal
   २४ बैशाख २०७७, बुधबार


काठमाडौं । नेपाल निर्यात परिषद् (इकोन)ले निर्यात अभिवृद्धिका लागि सरकारलाई ३१ बुँदे सुझाव प्रस्तुत गरेको छ । इकोन अध्यक्ष हरि बहादुर कार्कीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेट गरी परिषदका तर्फबाट सुझाव पेश गरेको हो ।

सरकार आर्थिक वर्ष २०७७–७८ का लागि नीति तथा कार्यक्रम र बजेटको तयारीमा रहेका बेला निर्यात परिषदका तर्फबाट मुलुकको निर्यात क्षेत्रलाई प्रवर्द्धन गर्ने रचनात्मक उपायसहितका सुझाव पेश गरिएको हो ।

सुझावमा समग्र निर्यातजन्य वस्तुको उत्पादन तथा निकासी कार्यमा कोभिड–१९ ले सम्पूर्ण उद्योग व्यवसायमा पु¥याएको असरका साथै निर्यात अभिवृद्धिको लागि सरकारको तर्फवाट गरिनुपर्ने आवश्यक व्यवस्थाका विषयहरु उल्लेख रहेको अध्यक्ष कार्कीले जानकारी दिए । ३१ बुँदे राय तथा सुझावमा निकासी बढाउने उपाय तथा निकासीकर्तालाई परेको झन्झटका विषय समाविष्ट छन् ।

कार्यक्रममा मन्त्री भट्टले परिषदवाट पेश गरिएको राय तथा सुझाव तथा समस्याहरुको बारेमा सरकारको तर्फबाट गम्भीर रुपले छलफल गर्ने तथा समस्या समाधानका लागि सरकारको तर्फबाट उचित कदम चालिने प्रतिबद्धता जनाए ।

परिषदको प्रतिनिधिमण्डलले अर्थसचिव शिशिर कुमार ढुंगाना, उद्योग वाणिज्य तथा आपूर्ति सचिवद्वय डा.वैकुण्ठ अर्याल र चन्द्रकुमार घिमिरसँग पनि भेट गरी परिषदबाट पेश गरिएको राय तथा सुझावलाई कार्यान्वयनमा लैजान आग्रह ग¥यो । सचिवहरुले भने निर्यात प्रवद्र्धनवाट नै राष्ट्रिय अर्थतन्त्र सवल हुने भएकाले निर्यात प्रवद्र्धनका लागि सरकारको तर्फवाट सक्दो सहयोग उपलब्ध गराउने जानकारी गराए ।

परिषदका अध्यक्ष कार्कीले कोभिड–१९ बाट निर्यातजन्य उद्योग, व्यवसायसँग आश्रित श्रमिकलगायत सामाजिक उत्तरदायित्वअन्तर्गत दैनिक ज्यालामजदुरी गरी जिवीकोपार्जन गर्ने मजदुलाई वैशाख १ गतेदेखि २० गतेसम्म बिहान बेलुकाको खानालगायत राहतस्वरुप २०७ जनालाई चामल, दाल, तेल, नुन, तरकारी, मास्क, पन्जालगायत वितरण गरिएको जानकारी गराए ।

मन्त्री भट्ट तथा सचिवत्रयले इकोनलाई यस्तो सामाजिक कामका लागि सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह