Logo

मुख्य समाचार

उच्च पहाडी तथा हिमाली भूभागका हल्का वर्षा र हिमपात, तराईमा हुस्सु र कुहिरो


gdpnepal
   १९ पुस २०८२, शनिबार




काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । 

जसका कारण केही प्रदेशमा मौसम आंशिक बदली भएको छ भने तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना पनि रहेको छ । 

महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ । 

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको । साथै,तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ।

आज राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने तराईका केही स्थानमा हुस्सु रहनेछ ।

 

प्रकाशित : १९ पुस २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह