Logo

अर्थनीति

असुली समस्याले विपन्न वर्ग कर्जा घट्यो



GDP नेपाल
   २१ पुस २०८२, सोमबार


काठमाडौँ । असुलीमा समस्या बढेपछि बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा प्रवाह गर्ने कर्जाको आकार घटाएका छन् ।


नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असारमा ३ खर्ब ६५ अर्ब रुपैयाँ रहेको विपन्न वर्ग कर्जा २०८२ असारमा १८.८८ प्रतिशतले घटेर २ खर्ब ९६ अर्ब ९ करोड रुपैयाँमा झरेको छ । जबकि समग्र कर्जा प्रवाह भने ८.१७ प्रतिशतले बढेको छ ।
यो अवधिमा सबै प्रदेशमा विपन्न वर्ग कर्जा घटेको छ, जसमा मधेश प्रदेशमा झण्डै ४० प्रतिशत गिरावट आएको छ ।

राष्ट्र बैंकको कडाइ, लघुवित्त कर्जामा सीमा, र ऋण नतिर्ने आन्दोलनका कारण असुली कमजोर भएपछि बैंकहरू यस क्षेत्रमा लगानी बढाउन हिच्किचाएका हुन् । यद्यपि, हालै लघुवित्त कर्जाको सीमा बढाइएकाले आगामी दिनमा कर्जा विस्तार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : २१ पुस २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह