काठमाडौं । चैतदेखि सुरु हुने राष्ट्रिय आर्थिक गणनामा कूल १८ वटा क्षेत्रको आधारभूत विवरण संकलन गरिने जनाइएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार देशैभर रहेका दर्ता भएका नभएका ठूला वा साना व्यापार तथा प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका हुन वा स्वरोजगार मात्रै भएका, उद्योग, कलकारखाना, व्यापार–व्यवसाय, गैरसरकारी संघ–सस्थाको गणना हुनेछ ।
सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल आदि आर्थिक क्रियाकलाप गरिरहेका एकाइमा यो गणना सञ्चालन गरिनेछ । सरकारी गणना भने गणकबाट नभै आधिकारिक निकायबाट एकमुष्ठ रुपमा लिइनेछ ।
तर, अन्तर्राष्ट्रिय संघ–सस्था, कुटनीतिक नियोग, प्रशासनिक क्रियाकलाप र नियमनकारी कार्य गर्ने सरकारी कार्यालय, सुरक्षा निकायहरू, सामान्य घरायसी क्रियाकलाप गरिने कार्य र क्षेत्र भने यो गणनामा समेटिने छैन ।
यी हुन् गणनाको क्षेत्र र दायरा
१) कृषि, वन तथा माछापालन (दर्ता भएका मात्र)
२) खानी तथा उत्खनन्
३) औद्योगिक उत्पादन
४) विद्युत्, ग्याँस, बाफ तथा वातानुकूलित सेवा
५) पानीको आपूर्ति, ढलनिकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरू
६) निर्माण
७) थोक तथा खुद्रा व्यापार, मोटरगाडी र मोटरसाइकलको मर्मत सम्भारका कार्यहरू
८) यातायात तथा भण्डारण
९) आवास तथा भोजन सेवासम्बन्धी क्रियाकलापहरू
१०) सूचना तथा सञ्चार
११) वित्तीय तथा बिमासम्बन्धी क्रियाकलापहरू
१२) घरजग्गा कारोवारका व्यवसायिक क्रियाकलापहरू
१३) पेशागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलापहरू
१४) प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलापहरू
१५) शिक्षा
१६) मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलापहरू
१७) कला, मनोरञ्जन तथा मनोविनोद
१८) अन्य सेवा प्रदान गर्ने क्रियाकलापहरू










प्रतिक्रिया