काठमाडौं । नेपाल ब्रेकिङ्ग एण्ड डान्स स्पोर्टस संघको दोस्रो साधारण सभाले ध्रुवराज शिवाकोटीलाई केन्द्रीय सचिवमा चयन गरेको छ ।
संघको निर्वाचन कमिटीका अनुसार आइतबार भएको संघको दोस्रो साधारणसभाले व्यवसायी तथा समाजसेवी शिवाकोटीलाई सचिवमा चयन गरेको हो ।
नेपाल ब्रेकिङ्ग एण्ड डान्स स्पोर्टस संघ नेपालमा ब्रेकिङ्ग र अन्य डान्स स्पोर्टको विकास, व्यवस्थापन र प्रतिस्पर्धा सञ्चालन गर्न स्थापना भएको एक खेलसँग सम्बन्धित संघ हो ।
सचिव शिवाकोटीका अनुसार ब्रेकिङ्ग र डान्स स्पोट्र्स लाई नेपालभित्र खेलको रूपमा प्रोत्साहन गर्ने संघको मुख्य लक्ष्य रहेको छ ।
यस्तै, विद्यार्थी तथा युवा खेलाडीहरूलाई तालिम, प्रतियोगिता र अवसरहरू उपलब्ध गराउने एवं ब्रेकिङ्गलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रतिनिधित्व गराउने संघको लक्ष्य रहेको छ ।
यसबाहेक विद्यालय तथा समुदाय स्तरमा डान्स स्पोर्ट गतिविधिहरू फैलाउने काम गर्ने उनले बताए ।
संघले विश्व डान्स स्पोर्ट फेडेरेसनको सदस्यको रूपमा मान्यता पाएको छ ।
ब्रेकिङ्ग एक नृत्य खेल ( पनि हो जसमा टेक्नीक, स्टाइल, रचनात्मकता र ब्याटलिङ (दबततभि) जस्ता प्रतिस्पर्धात्मक तत्वहरू समावेश हुन्छन् । यो अन्तर्राष्ट्रिय रूपमा पनि लोकप्रिय छ र ओलम्पिकमा समावेश हुँदैछ ।










प्रतिक्रिया