Logo

राजनीति

बालेनको प्रचारमा गएका पत्रकार दिनेश सिटौलाको ब्रेन ह्यामरेजबाट निधन


gdpnepal
   १९ माघ २०८२, आइतबार


काठमाडौं । पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ । ब्रेन ह्यामरेजबाट पीडित भएका उनको आइतबार निधन भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीमा रहेर सिटौला अछाम पुगेका थिए ।

अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो ।

ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा चिकित्सकले आज मृत घोषणा गरेका हुन् ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष रहेका सिटौलाले सयौं नेपाली चलचित्रहरुको प्रमोसनमा काम गरेका थिए ।

प्रकाशित : १९ माघ २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह