Logo

मुख्य समाचार

कुलमान भन्छन्ः देशैभरी उज्यालो पार्टीको किल्ला बनाउने गरी लागेका छौं !


gdpnepal
   २८ माघ २०८२, मंगलबार


काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आर्थिक रुपान्तरणको कुरा नगरी राजनीतिक पार्टीहरुले आफ्नो अस्तित्व बचाउन नसक्ने धारणा राखेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले उज्यालो नेपाल पार्टी देशको उज्यालोको लागि स्थापना गरेको बताउँदै भाषण गरेर भन्दा पनि काम गरेर देशमा परिवर्तन गर्नुपर्छ भन्ने मान्यताले आफूहरु अगाडि आएको बताए ।

उनले भने,‘आर्थिक रुपान्तरणको कुरा नगरिकन अब राजनीतिक पार्टीहरुले आफ्नो अस्तित्व बचाउन गाह्यो छ । त्यसैले यो उज्यालो नेपाल पार्टी देशको उज्यालोको लागि स्थापना गरेको छौं । भाषण गरेर होइन्, काम गरेर यो देशमा परिवर्तन गर्नुपर्छ भन्ने मान्यताले हामी अगाडि आएका छौं ।’

उनले उनेपाले प्रतिनिधिसभाको निर्वाचनमा धेरै सिट जितेर आउने विश्वास व्यक्त गरे । देशैभरी उज्यालो पार्टीको किल्ला बनाउनेगरी आफूहरु जुटको उनको भनाई छ ।

‘अहिले प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छौ । हामी प्रतिस्पर्धामा छौं र धेरै सिट जितेर आउने छौं भन्ने विश्वास छ । देशैभरी उज्यालो पार्टीको किल्ला बनाउनेगरी लागेका छौं ।’

 

प्रकाशित : २८ माघ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह