Logo

बिजनेस होम

पद्म ज्योति ग्रुप र रिच्स इन्डियाबीच सहकार्य


GDP नेपाल
   १३ फाल्गुन २०८२, बुधबार


काठमाडौं । नेपालको अग्रणी तथा प्रतिष्ठित व्यावसायिक घराना पद्म ज्योति ग्रुपले ‘रिच्स इन्डिया’ सँगको आफ्नो सहकार्यलाई थप सुदृढ बनाउँदै विस्तार गरेको छ । यससँगै नेपालको फुडसर्भिस तथा कुलिनरी क्षेत्रको विकास र विस्तारमा योगदान पुर्याउने दुवै कम्पनीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘रिच्स’ले विगत दुई दशकदेखि नेपालमा आफ्नो उपस्थिति जनाउँदै आए तापनि, यो नयाँ सम्झौताले ग्राहकहरूसँगको गहिरो सम्बन्ध, सेफहरूको क्षमता अभिवृद्धि र नेपाली बजार सुहाउँदो विश्वव्यापी कुलिनरीका नयाँ ट्रेन्डहरू भित्र्याउन विशेष रणनीतिक भूमिका खेल्नेछ ।
सन् १९४५ मा स्थापित ‘रिच्स’ ८० वर्षभन्दा लामो विश्वव्यापी विरासत बोकेको एक पारिवारिक खाद्य कम्पनी हो, जसले भारतमा मात्रै ३० वर्षभन्दा बढी समयदेखि सेवा दिइरहेको छ ।

‘नन–डेयरी ह्विप्ड टपिङ’ को उत्पादनमा विश्वमै अग्रणी मानिने यस कम्पनीले आधुनिक बेकरी, डेजर्ट र फुडसर्भिसको क्षेत्रलाई नयाँ आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको छ ।

दूरगामी सोचका साथ अगाडि बढिरहेको यस कम्पनीले उपभोक्ताको बदलिँदो चाहना र आवश्यकतालाई ध्यानमा राख्दै इनोभेसन, गुणस्तर र साझेदारीमा निरन्तर लगानी गर्दै आएको छ ।
पद्म ज्योति ग्रुपसँगको यो विस्तारित सहकार्य परम्परागत वितरण प्रणालीमा मात्र सीमित छैन । यसले ग्राहकको अनुभवलाई उत्कृष्ट बनाउन सेफहरूसँगको प्रत्यक्ष समन्वय, प्रयोगात्मक प्राविधिक तालिम र ज्ञान आदानप्रदानमा विशेष जोड दिनेछ ।

यस पहलको मुख्य उद्देश्य ‘रिच्स’ को विश्वस्तरीय प्राविधिक विशेषज्ञता र उत्पादनको सही प्रयोगबारे नेपालभरका सेफ, बेकर र फुडसर्भिस सञ्चालकहरूलाई जानकारी गराउनु हो । जसले गर्दा उनीहरूले विश्वव्यापी नयाँ ट्रेन्डहरू अपनाउन, खानाको स्वाद र गुणस्तरमा एकरूपता ल्याउन तथा आफ्नो मेनुलाई अझै उत्कृष्ट र नयाँपन दिन सकून् ।
यस अभियानलाई सफल बनाउन पद्म ज्योति ग्रुपले आफ्नो मजबुत पूर्वाधार, स्थापित वितरण सञ्जाल र नेपाली बजारको गहिरो बुझाइलाई पूर्ण रूपमा उपयोग गर्नेछ ।

यो सहकार्यले आधुनिक रिटेल, बेकरी र हस्पिटालिटी क्षेत्रलाई उच्च गुणस्तरका उत्पादनहरू मात्र नभई प्राविधिक मार्गदर्शन, लाइभ डेमोस्ट्रेसन (प्रत्यक्ष प्रदर्शन) र निरन्तर सहयोगसमेत प्रदान गर्नेछ । यसले ग्राहक र साझेदारहरूका लागि दीर्घकालीन मूल्य र प्रतिफल सुनिश्चित गर्नेछ ।


पद्म ज्योति ग्रुपले सन् २००७ मा ‘सन इन्टरनेशनल इन्कर्पोरेटेड प्रालि’ मार्फत एफएमसीजी क्षेत्रमा प्रवेश गरेको थियो। त्यसयता, एसआईआईपीएल ले आइसक्रिम र फ्रोजन डेजर्टको क्षेत्रमा आफूलाई मजबुत रूपमा स्थापित गर्दै नेपालभर आफ्नो वितरण सञ्जाल तीव्र रूपमा विस्तार गरिरहेको छ । हस्पिटालिटी र रिटेल क्षेत्रमा लामो अनुभव भएको एक समर्पित र तालिमप्राप्त टिमको साथले गर्दा कम्पनीलाई ब्रान्ड निर्माण र प्रभावकारी ग्राउन्ड लेभलको सेवा प्रवाहमा ठूलो सफलता मिलेको छ ।
नेपाली उपभोक्तालाई विश्वस्तरको उत्कृष्ट (गउर्मेत) परिकारको अनुभव प्रदान गर्दै नवीनतम खाद्य समाधानहरू ल्याउनु नै एसआईआईपीएलको मुख्य दर्शन हो ।

पद्म ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योतिको कुशल नेतृत्वमा यस संस्थाले नेपाली बजारको बदलिँदो जीवनशैली, स्वाद र आकांक्षाहरूलाई सम्बोधन गर्दै निरन्तर उच्च गुणस्तरका समसामयिक खाद्य उत्पादनहरू भित्राउन ध्यान केन्द्रित गर्दै आएको छ ।


यस सहकार्यका बारेमा बोल्दै रिच्स इन्डिया, मध्यपूर्व र टर्कीका प्रबन्ध निर्देशक पंकज चतुर्वेदीले भने, “पद्म ज्योति ग्रुपसँगको हाम्रो यो सहकार्य इनोभेसन, विशेषज्ञता र बलियो स्थानीय साझेदारीमार्फत पाककलाको स्तरलाई उचाइमा पुर्‍याउने साझा दृष्टिकोणमा आधारित छ । ‘रिच्स’ को विश्वव्यापी पाककला क्षमता र पद्म ज्योति ग्रुपको बजारसम्बन्धी गहिरो बुझाइ एवं बलियो कार्यक्षमताको तालमेलबाट हामी नेपालका सेफ, बेकर र फुडसर्भिस प्रोफेसनलहरूलाई विश्वस्तरीय अनुभव र नवीनतम खाद्य समाधान प्रदान गर्ने लक्ष्य राख्दछौं । यो साझेदारीले सिर्जनशीलतालाई प्रेरित गर्न, गुणस्तरमा एकरूपता ल्याउन र नेपालको विकसित हुँदै गइरहेको फुडसर्भिस क्षेत्रको निरन्तर प्रगतिमा अर्थपूर्ण भूमिका खेल्नेछ ।“


पद्म ज्योति ग्रुप र रिच्स इन्डियाबीचको यो विस्तारित सहकार्यले नेपालको पाककला र हस्पिटालिटी क्षेत्रलाई नयाँ दिशा र उचाइ दिनेछ । विश्वस्तरीय विशेषज्ञता र स्थानीय बजारको मजबुत सञ्जालको यो संगमले देशैभर उत्कृष्ट उत्पादन, गहिरो प्राविधिक ज्ञान र उत्कृष्ट खाद्य अनुभव प्रदान गर्दै एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ ।

प्रकाशित : १३ फाल्गुन २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह