Logo

बिजनेस होम

भारतीय विद्युतीय स्कूटर ब्रान्ड एम्पीयर नेपालमा, एसटीसी अटो सोलुसनद्वारा बिक्री सुरु



GDP नेपाल
   १४ फाल्गुन २०८२, बिहिबार


काठमाडौं । भारतमा उत्पादन हुने विद्युतीय दुईपांग्रे सवारी (स्कूटर) को ब्रान्ड एम्पीयर अब नेपाली बजारमा प्रवेश गरेको छ ।
एसटीसी अटो सोलुसन प्रा। लि। ले एसटीसी ग्रुप अन्तर्गत भारतको विद्युतीय सवारी निर्माता ग्रीभ्स इलेक्ट्रीक मोबिलिटीले उत्पादन गरेको एम्पीयर ब्रान्डका स्कुटर नेपालमा आधिकारिक रूपमा बिक्री सुरु गरेको जनाएको छ ।


कम्पनीले प्रारम्भिक चरणमा एम्पीयरका दुई मोडलका विद्युतीय स्कुटरसहित नेपाली बजार प्रवेश गरेको जानकारी दिएको छ ।
भारतमा विगत एक दशकदेखि विद्युतीय दुईपांग्रे सवारी उत्पादन गर्दै आएको कम्पनीका उत्पादनहरू त्यहाँ लोकप्रिय ब्रान्डमध्ये एक मानिन्छन् ।
एसटीसी अटो सोलुसनका अनुसार नेपाली बजारमा ल्याइएका स्कुटरहरू उच्च प्रदर्शनयुक्त र आधुनिक प्रविधिसहितका छन्। कम्पनीले ‘नेक्सस’ र ‘म्याग्नस निओ’ मोडलका स्कुटर बिक्री सुरु गरेको जनाएको छ ।


कम्पनीका अनुसार यी स्कुटरमा लिथियम आयरन फोस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसको लाइफ साइकल करिब दुई हजार चार्जसम्म रहने बताइएको छ । ब्याट्रीमा पाँच वर्ष वा ७५ हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध हुने कम्पनीको दाबी छ। अत्यधिक चिसो र तातो तापक्रममा परीक्षण गरिएको ब्याट्री प्रयोग भएकाले स्कुटर नेपाली भौगोलिक अवस्थाका लागि उपयुक्त हुने कम्पनीको विश्वास छ ।


म्याग्नस निओ मोडलमा करिब २.३ किलोवाट क्षमताको ब्याट्री र शक्तिशाली मोटर उपलब्ध रहेको छ । कम्पनीका अनुसार एकपटक फुल चार्ज गर्दा करिब १०० किलोमिटरसम्म यात्रा गर्न सकिनेछ । यसमा आरामदायी सिट, १५० किलोग्रामसम्म भार बोक्ने क्षमता र पर्याप्त ग्राउन्ड क्लियरेन्स रहेको छ ।

यस मोडलको मूल्य करिब तीन लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।
त्यसैगरी नेक्सस मोडलमा उच्च क्षमताको मोटर, पाँच राइडिङ मोड, रिभर्स सुविधा, एलईडी लाइट, यूएसबी चार्जर र कनेक्टिभिटी सुविधा उपलब्ध छन्। यस मोडलको मूल्य करिब तीन लाख ३५ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।


नेपालमा विद्युतीय सवारीको माग बढ्दै गएको सन्दर्भमा एम्पीयर ब्रान्डको प्रवेशले प्रतिस्पर्धा बढ्नुका साथै उपभोक्तालाई थप विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ । कम्पनीले थप जानकारीका लागि आधिकारिक इमेलमार्फत सम्पर्क गर्न सकिने जनाएको छ ।

प्रकाशित : १४ फाल्गुन २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह