Logo

कर्पोरेट-बजार

टेलिकमले विद्यार्थीलाई ५ सयमा १५ जिवी डाटा दिने


GDP Nepal
   २० बैशाख २०७७, शनिबार


काठमाण्डौं । विद्यार्थीहरुलाई लक्षित गरेर नेपाल टेलिकमले र ५ सयमा १५ जिवी डाटा सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमले ल्याएको ई–शिक्षा प्याकेज मार्फत विद्यालय तथा विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि यो सेवा उपलब्ध गराउन लागेको हो ।

देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयहरुले गरेको अनुरोध तथा सरकारका शैक्षिक निकायहरुसँग नेपाल टेलिकमले छलफल गरेको थियो । छलफलका आधारमा टेलिकमले बजार मूल्यभन्दा निकै सस्तो दररेटमा डाटा सेवा उपलब्ध गराउन विशेष ई–शिक्षा प्याकेज ल्याएको जनाएके छ । तर यो सेवा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिस गरिएका मोबाइल नम्बरहरुलाई मात्र उपलब्ध हुनेछ ।

नेपाल टेलिकमको ई–शिक्षा प्याकेज अन्तर्गत २ सय ६० रुपैयाँमा ६ जीबी, ५ सय रुपैयाँमा १५ जीबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ ।  २ सय ६० रुपैयाँमा प्राप्त हुने कुल ६ जीबीमध्ये ३ जीबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टा प्रयोगमा ल्याउन सकिने छ भने बाँकी ३ जीबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ ।

यसैगरी ५ सय रुपैयाँ मा २८ दिनसम्म उपलब्ध हुने १५ जीबी डाटामध्ये ६ जीबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टामात्र प्रयोग गर्न सकिने छ । बाँकी ९ जीबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । यो सेवा नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइलमार्फत प्रयोग गर्न सकिने छ ।

टेलिकमले उपलब्ध गराउने सेवाका लागि कम्पनीले उपलब्ध गराएको इमेल ठेगानामा सम्बन्धित विद्यालयहरुले प्याकेज प्रदान गर्नुपर्ने नम्बरहरुको सूचीसहित सिफारिस पठाउनु पर्ने जनाएको छ । सिफारिस प्राप्त भएका नम्बरहरुलाई *१४४१# डायल गरी प्याकेज खरिद गर्नको लागि कम्पनीले एसएमएस मार्फत सूचित गर्नेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *१४४१# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

प्रकाशित : २० बैशाख २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह