Logo

Banner-news

नेपालमा १० अक्सिजन प्लान्ट स्थापनाका लागि कोकाकोला फाउन्डेसनको सहकार्य


GDP Nepal
   २१ जेष्ठ २०७८, शुक्रबार


काठमाडौं । कोरोनाभाइरस महामारीको दोस्रो लहरको कारण नेपालको बिग्रँदै गइरहेको स्वास्थ्य संकटबाट बच्नको लागिकोका–कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न व्रिmयसनलाई सहयोग गरेको छ । यो युनिट कोभिड–१९ को बढ्दो बिरामीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणहरु मध्यको एक हो ।

यो रकम कोका–कोला फाउन्डेशनले नेपाल रेडव्रmस सोसाइटीलाई भ्याक्सिनेशन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता र फ्रन्टलाइन वर्कर र भल्नेरेबल जनशक्तिलाई पर्शनल प्रोटेक्टिभ इक्विपमेन्टका लागि प्रदान गरेको हो ।

सडक र हवाई द्वारा परिवहन योग्य रहेको यो युनिट चाँडै स्थापना गर्न सकिन्छ । यी युनिटहरु नेपालका धेरै अस्पतालहरुमा स्थापित भइसकेका हुनाले यसमा अरु नियामक समस्याहरु पनि पैदा हुने छैनन् ।

प्रत्येक युनिटले दिनमा ५० बेड र १५ सिलिन्डर सम्म केटर गर्न सक्छ र यसबाट जीवनबचाउने ग्यासको अभाव पूरा गर्ने अपेक्षा राखिएको छ ।

फ्रान्समा आधारित मेडिकल उपकरण निर्माण कम्पनी नोभएयरले व्रिmयसन र यसक ाकन्सोर्टियम पार्टनरहरुको साथमा १० वटा युनिटहरुको माग गरिसकेको छ ।
कोका–कोला फाउन्डेशनका प्रेसिडेन्ट र अक्ष्यक्षबीए पेरेज भन्छन्, “हामीलाई थाहा छ किहामीकोेभिड–१९ को संकटबाट अझै पूर्ण रुपले मुक्तभएका छैनौँ । हामी नेपालमाकोभिड–१९ का बिरामीहरुको लागिथपअक्सिजनको उपलब्धतासिजर्ना गर्ने व्रिmयसनको प्रयासलाई समर्थन गर्दछौँ र यसमाहामीले हाम्रो स्रोतहरु प्रयोगगर्न पाउँदानिकै गर्व महसुस गरेकाछौँ ।”

अक्सिजन उत्पादन गर्ने युनिटले २० हजारभन्दा बढी मानिसहरुलाई लाइफ सेभिङ्ग अक्सिजनको सप्लाईले ठूलो फाइदा हुनेछ । यस्तै, १८ हजारभन्दा बढी अस्पतालको बेडहरुले एक वर्षसम्म नियमित अक्सिजनको सप्लाई पाउँनेछन् र ५ हजारभन्दा बढी अक्सिजन सिलिन्डर रिफिल गरेर खाँचोमा परेका बिरामीहरुलाई दिइनेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वीकृतिमा सरकारी अस्पतालमा यो प्लान्टको स्थापना हुनेछ ।

क्रियसनका फाउन्डर र प्रेसिडेन्ट आनन्द मिश्राले हालै आयोजित एक कार्यक्रममा भने, “अन्य प्लेटफर्महरुसँगको सहकार्यमा व्रिmयसनले शुरु गरेको अक्सिजन फर नेपाल नेपालमा कोभिड–१९ विरुद्ध सबैभन्दा ठूलो गैर–सरकारी ह्युमानिटेरियन रेस्पन्स हो । हामीले यस महामारीको लागि आर्थिक संकलन गरेर र आवश्यकचिकित्सा वस्तुहरुको माध्यमबाट निरन्तर जवाफ दिइरहेका छौँ । हामीकोका–कोला फाउन्डेशनलाई हाम्रो महत्वपूर्ण उद्देश्यलाई समर्थन गर्नुभएकोमा धन्यवाद दिन चाहन्छौँ र हामी आशा गर्दछौँ किकोका–कोला फाउन्डेशनको सहयोगको साथ हामी अझै धेरै मानिसको जीवनबचाउन सक्नेछौँ ।”

प्रकाशित : २१ जेष्ठ २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह