सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै आज छापावाल मूल्य ९१ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य ९० हजार ९०० रुपैयाँ कायम भएको छ। यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँ कायम भएको छ।…