काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियानका अभियन्ता प्रा. डा. गोविन्द केसीले केपी ओली सरकार तानाशाही बन्दै गएको बताएका छन् । उनले ओली सरकारलाई बाहुबली शासन बन्द गर्न चेतावनी पनि दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै केसीले मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगलाई कमजोर बनाउने विधेयक, विश्वविद्यालयहरुको स्वायत्तता फितलो बनाएर दलीय चलखेल बढाउने संशोधन…