काठमाडौं । सर्वोच्च अदालतले श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिकसम्बन्धी नयाँ व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत कात्तिक १ गतेदेखि लागू गरेको न्यूनतम पारिश्रमिकविरुद्ध इमेज च्यानलका उपाध्यक्ष मोहनचन्द सिंहलगायतले हालेको रिटमा प्रारम्भिक सुनुवाईपछि सर्वोच्चले सोमबार यस्तो आदेश दिएको हो । प्रधान न्यायाधीय चोलेन्द्र शमशेर राणाको एकल इजलासले निवेदनको…