Logo

Banner-news

वरिष्ठ चिकित्सक मधु घिमिरे लेख्छन्– सांसदहरु डाँकाको समूहमा परिणत हुँदैछन्


appharu
   ११ माघ २०७५, शुक्रबार


काठमाडौं । चिकित्सा शिक्षा विधेयक आफूसँगको सम्झौता विपरीत माफियाको इशारामा ल्याएको भन्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी १६ औं अनसनमा छन् ।

केसीको अनसन १७ औं दिनमा पुगिसक्दा पनि सरकारले कुनै रेस्पोन्स गरेको छैन भने संसदबाट पेलेरै विधेयक पारित गर्ने नियत उसको देखिन्छ । तर, नागरिक समाजबाट केसीप्रति सहानुभूति र समर्थन गर्नेहरुको आक्रोश सामाजिक सञ्जालमा प्रष्टै देखिन्छ । यीमध्ये एक हुन्– प्रसिद्ध चिकित्सक मधु घिमिरे ।

हाल केही समयदेखि भारतको नयाँ दिल्लीमा बस्दै आएका घिमिरे नेपालमा नाम चलेका चिकित्सकमा गनिन्छन् । उनले फेसबुकमा लेखे– अपवाद छाडेर अधिकांश सांसदहरु डाँकाको समूहमा परिणत हुँदैछन् ।

प्रस्तुत छः उनको टिप्पणी जस्ताको तस्तैः

देशको दुर्भाग्य ! आज संसद् दुई चारजना देशभक्तहरु छोडेर सबै डांकै डांकाहरुको समूहमा परिवर्तन भएको छ । तथाकथित कम्युनिष्ट भनाउँदाहरुले हाम्रो जस्तो समाजमा संसदको अर्थहीनता औंल्याएरै छाडे !! अब संसद मुठभेडको अखाडामा परिवर्तन हुंदैछ रे !

 

यस्तै उनले अर्को स्टाटश यस्तो पोष्ट गरेका छन्ः

आज म यदि नेपाली कांग्रेसको सभापति भएको भए प्रचण्ड भन्ने डांकालाई मेरो जÞबाफ यस्तो हुन्थ्योः
नेका व्यक्तिगत तथा पार्टीगत नीहित स्वार्थ हेरेर संसदभित्र छिर्दैन । नेकाको मूल एजेण्डा राष्ट्रलाई राम्रो बाटोमा लगाउने हो । त्यस एजेण्डा अन्तर्गत नेपाली कांग्रेस गोविन्द केसी जस्ता देशभक्तहरुले देखाएको मार्ग समाएर लम्किन सदा तत्पर रहन्छ ।

प्रकाशित : ११ माघ २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह