काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइड बडी जहाज किन्ने निर्णय आफूले गरेको नभै अघिल्लो सरकारले गरेको भन्दै यसमा भ्रष्टाचार भेटिए कारबाही गरिछाड्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री नामक टेलिभिजन कार्यक्रममा बुधबार वाइड बडीमा भ्रष्टाचार भएको हुनसक्ने आशंका भने गरे । तर, आफू प्रधानमन्त्री हुनुअगावै निर्णय भएको भन्दै उनी पन्छिएका छन् ।…