काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइड बडी जहाज किन्ने निर्णय आफूले गरेको नभै अघिल्लो सरकारले गरेको भन्दै यसमा भ्रष्टाचार भेटिए कारबाही गरिछाड्ने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री नामक टेलिभिजन कार्यक्रममा बुधबार वाइड बडीमा भ्रष्टाचार भएको हुनसक्ने आशंका भने गरे । तर, आफू प्रधानमन्त्री हुनुअगावै निर्णय भएको भन्दै उनी पन्छिएका छन् ।
उनले वाइडबडीको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत आग्रह गरेका छन् ।
सार्वजनिक लेखा समिति अन्तर्गतको संसदीय उपसमितिले सभापतिलाई प्रतिवेदन बुझाउनुअघि नै मिडियाबाजी गरेकोमा भने उनले आपत्ति जनाएका छन् ।
प्रतिक्रिया