Logo

Banner-news

ओलीलाई विवादास्पद संस्थाको सुशासन सम्मानः सर्वत्र उपहास, आलोचना र व्यंग्य !


appharu
   १६ मंसिर २०७५, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई युनिभर्सल पिस फाउण्डेसन (यूपीएफ)ले नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । तर, ओलीका लागि यो सम्मान निकै भारी भएको छ ।

निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषी पत्ता लगाउन नै असफल रहेको र दुई तिहाई बहुमतको सरकार सबैजसो क्षेत्रमा असफल रहेको भन्दै आलोचना भइरहेका बेला सरकार प्रमुखले भने नेतृत्व र सुशासन आवार्ड पाएको भन्दै आलोचना भएको हो ।

प्रधानमन्त्रीलाई सम्मान दिने यूपीएप्रति आम नागरिकको धारणासमेत सकारात्मक छैन । नेपालमा पैसाको बलमा क्रिश्चियन धर्मप्रचार गरेको भन्दै आलोचित यस संस्थालाई प्रधानमन्त्रीले काँध हालेको भन्दै आलोचना भइरहेको छ ।

सामाजिक सञ्जालमा ओलीले पाएको सम्मानपत्रमा निर्मलाका निम्ति न्याय खै ? भन्ने तस्बिर राखेर भाइरल भइसकेको छ भने प्रधानमन्त्री निकटकाले समेत उनको बचाउ गर्न सकेको छैन ।

ओलीले सम्मान पाएलगत्तै आलोचना र व्यंग्यले सामाजिक सञ्जाल भरिएका छन् ।

ओलीले पाएको पुरस्कारको राशि १ लाख डलर छ । उनले यसबाट नेपाली युवा र बालबालिकाका क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरेका छन् ।

प्रकाशित : १६ मंसिर २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह