नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दृश्यालोकन स्तम्भ (भ्यूटावर) निर्माण गरिएको छ । नगरपालिकाले कावासोती–१ बालुवाडाँडामा रु ६८ लाखको लागतमा ६० फिट अग्लो भ्यूटावर निर्माण गरेको हो । लेकबेँसी कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त टावर छ तलाको रहेको नगर उपप्रमुख प्रेमशङ्कर मर्दनिया थारुले जानकारी दिनुभयो । सो भ्यूटावरबाट जिल्लाका पहाडी क्षेत्रसँगै समथर फाँट र नारायणी नदीको दृश्यावलोकन गर्न…