काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले अनाधिकृत संरचना हटाउनु नै बनाउनु भएको भन्दै महानगरलाई बदनाम गर्न खोजिएको बताएका छन् ।
मनोहरा क्षेत्रमा रहेको खोलामा बनेको बाँध स्थानीयले भत्काएलगत्तै उनले सार्वजनिक सम्पत्तिमा रहेका अनधिकृत संरचना हटाउनु नै बनाउनु भएको तर्क गरेका छन् ।
“डोजरले भत्काएको मात्रै भन्ने गलत भाष्यले सार्वजनिक सम्पतिलाई सार्वजनिक बनाउँदै गरेको कर्मलाई अवमूल्यन गरेको छ,” मेयर शाहले भनेका छन्, “यसले काठमाडौँ महानगरलाई यतिकै बदनाम गरिदैछ ।”
मनोहरा आयोजनामा व्यक्तिको जग्गामा अनाधिकृततवरले बसिरहेका केहि व्यक्तिहरुले खोलाको बाँध भत्काउन डोजर चलाए पनि राज्यको माथिल्लो तह निरिह भएर बसेको उनको आरोप छ ।
“गृह मन्त्रालय र सुरक्षा निकायले निजी जग्गालाई संरक्षण गर्न सुरक्षा दिन सक्दैन र त्यसलाई हडप्नेहरुले सार्वजनिक संरचनामा हुने अतिक्रमण रोक्न सक्दैन भने काठमाडौँको सुरक्षाको जिम्मा सोही व्यक्तिहरुलाई दिए हुन्छ।” उनले फेसबुकमा लेखेका छन् ।
प्रतिक्रिया