काठमाडौं । औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको छ । अब श्रमिकले मासिक न्यूनतम १९ हजार ५५० रुपैयाँ प्राप्त गर्ने भएका छन् । सरकार, श्रमिक संगठन र रोजगारदाताबीच बिहीबार श्रम मन्त्रालयमा भएको त्रिपक्षीय सम्झौता अनुसार श्रमिकले मासिक १९ हजार ५५० रुपैयाँ, दैनिक ७५४ रुपैयाँ तथा प्रतघिन्टा १०१ रुपैयाँका दरले पारिश्रमिक पाउनेछन् ।…