म्याग्दी। मुस्ताङको लोमान्थाङ चक्रपथ स्तरोन्नति भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ चक्रपथको १० दशमलव पाँच किलोमिटर स्तरोन्नति भएको हो । लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने यो सडक बेनी९जोमसोम९कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक हो । गाउँपालिकाको केन्द्र लोमान्थाङदेखि ढिङ्गर–चुमजुङ–न्याम्डो हुँदै छोसेरको…