हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्थानीयको विरोधपछि आंशिक रूपमा सञ्चालनमा ल्याउने निर्णय भएको छ । यसअघि सडक स्तरोन्नतिको कारण काठमाडौँको सडक डिभिजन कार्यालयले पुस ७ गतेदेखि माघ ६ गतेसम्म २४ सै घण्टा बन्द गर्ने निर्णय गरेको थियो। तर स्थानीयवासीको विरोधपछि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सडक…