कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान) ले इन्टरनेट सेवा प्रवाहका सम्बन्धमा विगत केही दिनदेखि जिम्मेवार निकायहरूबाट व्यक्त धारणाहरूप्रति ध्यानाकर्षण भएको जनाएको छ । इन्टरनेट सेवा प्रदायकहरूले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटही सिफारिस एवं महालेखापरीक्षकको वार्षिक प्रतिवेदनका आधारमा बेरुजुका सन्दर्भमा विभिन्न निकायबीच बुझाइमा असमानताका कारण ब्यान्डविथको शुल्क तिर्न विलम्ब हुनाका कारण इन्टरनेट सेवा…