Logo

Banner-news

आर्थिक नीति तर्जुमा कार्यदलको संयोजक बन्ने अफर स्वीकार्न सकिनँः डा. पौड्याल


GDP Nepal
   २७ असार २०७८, आइतबार


डा. सुरवीर पौड्याल

डा. सुरवीर पौड्याल
तत्कालीन त्रिवि रजिष्ट्रार चन्द्रमणि पौडेलले फोन गरेर अर्थशास्त्र केन्द्रीय बिभागको अध्यक्ष पद समाल्न अनुरोध गर्नुभयो, मेरा मित्र रूद्रप्रसाद उपाध्यायलाई कार्वाहीस्वरुप केन्द्रीय कार्यालयमा हाजिरीमा राखी खाली गराइएको पद सम्हाल्न मनले मानेन।

त्यसको एक बर्ष पछि हुनुपर्छ, तत्कालीन अर्थमन्त्रीले फोन गर्नुभयो र ज्यादै नै नम्र स्वरमा भन्नुभयो, ‘म कृष्णबहादुर महरा, सरसंग भेट्ने काम थियो, कहाँ भेट्न सकिएला ?’ वहाँको बोली सुनेर म अचम्मित भए। बहालवाला मन्त्रीले मलाई यसअघि फोन गरेका थिएनन् ।

वहाँसंग मेरो व्यक्तिगत चिनापर्ची र कहिल्यै देखभेट भएको पनि थिएन। पृथ्वीनारायण क्याम्पसमा मैले प्राध्यापन गर्दैगर्दा वहाँ बीएड तालीममा आउनुभएको कुरा फत्तबहादुरजीबाट वहाँ मन्त्री भएपछि थाहा पाएको थिएँ। कसले के कामका लागि सिफारिस गरेको थियो म अन्योलमा थिएँ र पनि कुनै खोजखबर नगरी मैले जबाफ फर्काए,ूम मन्त्रालयमा भोलि भेट्न आउँछु नि, यसरी त्यसदिनको हामीबीचको टेलिफोन वार्ता टुंगियो र भोलिपल्ट म मन्त्रालय गएँ।

सामान्य शिष्टाचारको आदानप्रदानपछि मन्त्रीजीले भेट्न खोजेको बिषय निकाल्नुभयो, सर अहिलेसम्म नेपालको कुनै आर्थिक नीति रहेनछ, आर्थिक नीति तर्जुमा गर्ने कार्यदल निर्माण गर्ने निर्णय भएको छ, सरले त्यस कार्यदलको संयोजक भएर काम गरिदिनु पर्यो।

मैले राजनीतिक भद्रगोलको बीचमा सर्वदलीय विचारधारालाई प्रतिनिधित्व गर्ने अर्थशास्त्रीहरूको सहमतिमा आर्थिक नीति तर्जुमा गरे पनि यस्तो नीति यसै सरकारको पालामा सग्लै कार्यान्वयनमा आउने ग्यारेन्टी देखिन, त्यसमाथि एउटा सरकारले मेहनत गरेर निर्माण गरेको नीति अर्को सरकारले स्वामित्व ग्रहण गर्ने संभावना न्यून छ हाम्रो देशमा।

पारिश्रमिक त पाइन्थ्यो कार्यन्वयनमा नआउँदा त्यसबाट आत्मा संतुष्टि मिल्दैनथ्यो । मेहनत खेर जाने काम गर्न मन लागेन।

सेडामा १४ बर्ष कार्यरत रहँदा कैयौं अध्ययन गरिन्थ्यो तर ती सबै प्रतिवेदनहरु मन्त्रालयहरूको दराजमा धुलो जम्मा गरेर बस्थ्ये र कहिल्यै पनि नीतिगत सुधारमा ती अध्यमन प्रतिवेदनका निचोडहरु प्रयोग नभएका तीतो अनुभवको संझना भयो र भनेँ, कुरो ठीक हो तर मबाट त्यो काम पार लाग्दैन, मसंग व्यवहारिक अनुभव कम छ। म मन्त्रालयबाट फर्किएँ ।

धितोपत्र बोर्डका पूर्वअध्यक्ष अर्थशास्त्री डा. सुरवीर पौड्यालको फेसबुकबाट

प्रकाशित : २७ असार २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह