Logo

Banner-news

खिमलालको प्रश्न: पटक-पटक संविधानको गला रेट्नेहरुले जनतालाई के जवाफ देलान् ?


GDP Nepal
   ६ श्रावण २०७८, बुधबार


काठमाडौं । राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ‘पटक पटक संविधानको गला रेटनेहरुले जनतालाई के जवाफ देलान् ?’ भन्दै कटाक्ष गरेका छन् ।

राष्ट्रियसभामा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका देवकोटाले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि ओली समूहले सोधेको स्पष्टीकरणप्रति यस्तो कटाक्ष गरेका हुन् ।

देवकोटाले दुई तिहाई जनादेशको अवमूल्यन गर्ने ओलीले नै माफी माग्नुपर्ने र स्पष्टीकरण दिनुपर्ने जिकिर गरे ।

डा. खिमलाल देवकोटा

देवकोटाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्ः

जसले प्रतिनिधि सभाको दुई दुई चोटी गला रेट्यो । प्रतिनिधि सभालाई मृत्युशैयमा पु¥यायो, जनताले दिएको झण्डै दुई तिहाई जनादेशको अवमूल्यन ग¥यो उसले देश, जनता र पार्टीसँग माफी माग्नु नपर्ने । गल्ती महशुश गर्न नपर्ने ।
अनि जवरजस्त असम्वैधानिक र कपटपूर्ण तरिकाले मृत्युशैयमा पु¥याईएको संसदलाई व्युत्याउन भूमिका निर्वाह गर्ने साँसद/नेताले चाँही स्पस्टीकरण दिनुपर्ने ।
मदन भण्डारीद्धारा प्रतिपादित लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित जनताको वहुदलीय जनवादमा विश्वाश गर्ने पार्टीले पनि यस्तो हर्कत गर्ला/गर्छ भनेर विश्वाश गर्न सकिन्छ र ?
पटक-पटक संविधानको गला रेटनेहरुले जनतालाई के जवाफ देलान ?

प्रकाशित : ६ श्रावण २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह