Logo

कर्पोरेट-बजार

गलैंचा व्यवसायी मिलाउन प्रधानमन्त्री नै पुगे कार्यक्रममा, ट्रेडमार्क दर्ता होला त अब ?


appharu
   २९ असार २०७५, शुक्रबार


काठमाडौं । लामो समयदेखि विभाजित गलैंचा व्यवसायीहरुबीच एकता भएको छ । २ छुट्टाछुट्टै संगठन बनाएर समानान्तर गतिविधि गरिरहेका गलैंचा व्यवसायीबीच ऐतिहासिक एकता भएको हो ।

केन्द्रीय गलैंचा उद्योग संघ नेपाल र नेपाल गलैंचा निकासीकर्ता संघबीच एकता भएको छ ।

एकीकरणपछि एकीकृत नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ गठन भएको छ । यसको नेतृत्वको जिम्मेवारी पाएका छन् रामबाहदुर गुरुङले । गुरुङले गलैंचा उद्योगको विकासका लागि दुई संघ एक भएको उल्लेख गर्दै एकता नै सफलताको खम्बा भएको बताए ।

गलैंचा उद्योगको विकासका लागि भन्दै दुवै संघले बिहीबार राजधानीमा एकताको घोषणा गरेका थिए ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली नै उपस्थित थिए । उनले शुभकामना सन्देश दिदैं दुई संघबीचको एकताले गलैंचा उद्योगको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गलैंचा उद्योगको संरक्षण र विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरेका थिए ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विष्टले गलैंचा उद्योग क्षेत्रमा विशेष योगदान पु¥याउने छिरिङ शेर्पा, रामबहादुर गुरुङ, आङ ग्याल्बु एजी शेर्पा, कवीन्द्रनाथ ठाकुर, विजयबहादुर श्रेष्ठ, डा ज्योति तण्डुकार, शम्भु शेर्पालगायतलाई सम्मान गरे ।

गलैंचा व्यवसायी संघहरूबीचको विवादले दुई वर्षदेखि सामूहिक प्रतीक चिह्न ट्रेडमार्क नै दर्ता हुन सकेको छैन । केन्द्रीय गलैंचा उद्योग संघ र गलैंचा निकासीकर्ता संघले सामूहिक ट्रेडमार्क दर्ताको जिम्मा आफैंले पाउनुपर्ने दाबी गरेपछि ट्रेडमार्क दर्ता हुन नसकेको हो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले पनि ट्रेडमार्क दर्ताको जिम्मा कसलाई दिने निर्णय गरेको छैन । केन्द्रले दुवै व्यवसायी संघलाई मिलेर आउन आग्रह गरेको छ । केन्द्रले ट्रेडमार्क दर्ताका लागि बजेटको व्यवस्था गर्छ ।

निजी क्षेत्रले ट्रेडमार्कको कार्यविधि बनाएर उद्योगमा विभागमा दर्ता गर्छ । त्यसपछि अन्य मुलुकहरूमा ट्रेडमार्क दर्ता गर्नुपर्छ । नेपाली गलैंचामा अन्य मुलुकको भन्दा तुलनात्मक लाभ बढी छ । नेपाल एकीकृत व्यापार रणनीति एनटीआईएस २०१६ गलैंचालाई बढी निर्यातको हुने वस्तुको सूचीमा राखेको छ ।

प्रकाशित : २९ असार २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह