Logo

Banner-news

व्यवसायीले मन्त्री बन्न पाउने कि नपाउने ? कानुन बनाउन सुझाव !


GDP Nepal
   १२ श्रावण २०७८, मंगलबार


काठमाडौं । व्यवसायीलाई मन्त्री बनाउन हुन्छ कि हुँदैन भन्ने चर्चा चलिरहेका बेला प्रतिनिधिसभामा यससम्बन्धी कानुन बनाएर विवाद निरुपण गर्नुपर्ने आवाज एक सांसदले उठाएका छन् ।

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले व्यवसायीलाई मन्त्री बनाउने विषयमा कानुन आवश्यक रहेको बताएका हुन् ।

सांसद दिव्यमणि राजभण्डारी

प्रतिनिधिसभा बैठकमा सांसद राजभण्डारीले भने, “कानुनमन्त्री यहिँ हुनुहुन्छ, मन्त्री बनाउन मिल्ने नमिल्ने बारे सरकारले कानुन बनाओस्, यही सदनमा छलफल गरौं ।”

सांसद राजभण्डारी आफैं पनि व्यावसायिक पृष्ठभूमिका हुन् । तर, प्रतिनिधिसभा सदस्य निर्वाचित भएलगत्तै उनले व्यवसायबाट अलग भएको घोषणा गरिसकेका छन् ।

मन्त्री नियुक्तिमा व्यावसायिक स्वार्थ जोडिन थालेको भन्दै पछिल्लो समय स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठको नियुक्तिलाई लिएर टिकाटिप्पणी भइरहेका छन् ।

प्रकाशित : १२ श्रावण २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह