काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा अघिल्लो साता नियुक्त भएका उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले तलबभत्ता, गाडी र आवास सुविधा नलिने घोषणा गरेका हुन् ।
आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेको जनाइएको छ ।
मन्त्री श्रेष्ठले मन्त्री रहुञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट राजीनामा दिने पनि जनाएका छ । यस्तै, आफ्नो व्यवसायसँग स्वार्थ बाझिने कुनै पनि निर्णय प्रक्रियामा सहभागी नहुने घोषणा उनले गरे।
प्रतिक्रिया