Logo

बिजनेस होम

परिसंघ पदाधिकारीलाई चेम्बरको स्वागतः समृद्धिको एजेण्डामा निजी क्षेत्रबीच सहकार्य हुने !


GDP Nepal
   २१ श्रावण २०७८, बिहिबार


काठमाडौं । समृद्धिको एजेण्डामा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु एकै ठाउँमा उभिएका छन् । नेपाल उद्योग परिसंघका नवनिर्वाचित कार्यसमितिको स्वागतमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिबीच समान धारणा रह्यो ।

यसअघि मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले परिसंघका पदाधिकारीलाई गरेको स्वागत कार्यक्रममा पनि सहकार्य र समान धारणामा जोड दिइएको थियो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष बिष्णु कुमार अग्रवाल तथा परिसंघका पदाधिकारीहरुको सम्मानमा चेम्वर भवनमा स्वागत कार्यक्रम आयोजना गरेका हुन् ।

यसअवसरमा अध्यक्ष मल्लले मुलुकको साझा एजेण्डा आर्थिक समृद्धि भएकोले यसमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुको धारणा समान रहेको बताए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएकोकोरोना महामारीका कारण गत वर्षदेखिनै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको उल्लेख गर्दै उनले कोभिडको पहिलो तथा दोस्रो लहरको संक्रमणले लामो समय सम्म लकडाउन भइ अर्थतन्त्रले थप क्षति बेहोर्नु परिरहेको बताए ।

“खुलाबजार अर्थतन्त्रको सिद्धान्त अवलम्बन गरेको नेपालजस्तो मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण हुन्छ,” अध्यक्ष मल्लले भने, “अर्थतन्त्रलाई पुनस्र्थापित गर्नका लागि खोपलाइ प्राथमिकता दिन निजी क्षेत्रका संस्थाहरु वीच संस्थागत सहकार्य र कार्यगत एकता आवश्यक रहेको छ ।”

अध्यक्ष मल्लले निजी क्षेत्रसंग सम्वन्धित व्यवसायीक सामाजिक उत्तरदायित्व कोष लगायत कतिपय बिषयहरु सम्वोधन हुन नसकेको र यसका लागि निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था वीच एकताको आवश्यकता रहेको बताए ।

नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष विष्णु कुमार अग्रवालले चेम्बरको स्वागत कार्यक्रमले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था वीच एकताको सन्देश दिएको बताए ।

विगतमा निजी क्षेत्रका तीन वटै प्रतिनिधिमूलक संस्थाहरुले कतिपय सवालहरुमा साझा अवधारणाहरु प्रस्तुत गरेका उदाहरणहरु रहेको र जुन धेरै प्रभावकारी भएको उनको भनाइ छ ।

अध्यक्ष अग्रवालले बिभिन्न व्यवसायहरु वीच मतमतान्तर हुनु स्वाभाबिक भएता पनि मुलुकको आर्थिक बिकासको सवालमा एउटै मत रहेको बताए ।

निजी क्षेत्र प्रतिको नकारात्मक धारणालाइ मेटाउन आजको आवश्यकता रहेकोले यसका लागि आफूहरु एकजुट भएर अगाडी वढ्नु पर्ने बेला आएको उनको भनाइ छ ।
सो अवसरमा नेपाल उद्योग परिसंघका उपाध्यक्षहरु कृष्ण प्रसाद अधिकारी, राजेश कुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, राजवहादुर शाह र हेमराज ढकालको उपस्थिति थियो ।

यस्तै, नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्षहरु उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र कुमार श्रेष्ठ, त्रिभुवनधर तुलाधर तथा चेम्बर प्रचार प्रसार समितिका सभापति सन्तोष कुमार पाण्डे कार्यक्रममा सहभागी थिए ।

प्रकाशित : २१ श्रावण २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह