Logo

विचार/दृष्टिकोण

‘हानका रेम्बो’ कक्षपतिबारे योगेन्द्र शाक्यः कोमल आत्माले भरिएका सच्चा उद्यमी !


GDP Nepal
   २६ श्रावण २०७८, मंगलबार


काठमाडौं । उद्यमी श्यामसुन्दर लाल कक्षपतिको निधनले होटल तथा रेष्टुरेन्ट क्षेत्रले अपूरणीय क्षति बेहोरेको छ । नाङ्लो बेकरीका संस्थापक कक्षपतिले त्यसअघि नै ‘क्याफे डी पार्क’ स्थापना गरेर आफ्नो परिचय स्थापित गरिसकेका थिए ।

होटल संघ नेपाल (हान)का पूर्वअध्यक्ष कक्षपतिलाई उनका सहकर्मी तथा अग्रजहरुले सिर्जनशील उद्यमशीलतासँगै हक्की स्वभावका कारणले पनि सम्झने गरेका छन् ।

हानकै पूर्वअध्यक्ष योगेन्द्र शाक्यले उनलाई ‘रेम्बो अफ हान’को उपमा दिएका छन् । कक्षपतिको स्वभावसँग वर्षौंदेखि परिचित शाक्यका अनुसार रेम्बो अर्थात आफूलाई चित्त नबुझेको कुरासँग तत्काल कडा शब्द र शैलीमा असहमति जनाइहाल्ने बानी थियो ।

शाक्यले स्व. कक्षपतिलाई यसरी सम्झेका छन्ः

जब हामी कुनै मन्त्री वा सरकारी अधिकारीलाई भेट्न जान्थ्यौं र आफ्ना कुरा राख्थ्यौं, श्याम सबै कुरा शान्तपूर्वक जवाफ सुन्दथे । यदि मन्त्री वा अधिकारीका जवाफ सन्तोषजनक भएन र उनलाई चित्त बुझेन भने उनी आफ्नो पछाडि सीटबाट उठेर आउँथे । त्यसबेला उनको कडा नजर र आवाज हेर्न र सुन्न लायक हुन्थ्यो । उनी आफ्नो औंला र टाउको हल्लाएर मन्त्री नजिक पुग्दथे र यसबाट थाहा हुन्थ्यो कि उनी जवाफसँग खुशी छैनन् ।

श्याम एक कोमल आत्माले भरिएका थिए तर सँगसँगै एक ‘बकवासरहित’ मान्छे पनि थिए । उनी एक सच्चा उद्यमी हुन्, कहिल्यै नयाँ बाटोमा उद्यम गर्न उनी डराएनन् ।

हामी सबैलाई याद छ कि उनको पहिलो बर्गर ‘क्याफे डी पार्क’ रानी पोखरीको छेउमा सत्तरीको दशकको शुरुमा र पछि दरबारमार्ग मा नाङ्लो चाइनिज उनको उद्यमशीलताको इतिहास हो !!!

श्याम, तिमी नेपालको रेस्टुरेन्ट इतिहासमा एक महत्वपूर्ण अध्यायका सधैँ रहिरहनेछौ र नेपालको पर्यटन इतिहासमा उद्यमशीलताका अनुपम नमुनाका रुपमा हामी स्मरण गरिरहनेछौं ।

साँच्चै, हानको पीपी काउन्सिल एक खतरनाक आकारमा संकुचित हुँदै गएकोमा म एकदमै दुखी छु ।

प्रकाशित : २६ श्रावण २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह