काठमाडौं । भेञ्चुरा बोटलर्स प्रालिले नेपाली बजारमा नयाँ प्रकारका पेय पदार्थको उत्पादन र बिक्रि सुरु गरेको छ । कम्पनीले आर सी कोला, माइट्टी रेन, आर सी क्य, लेमन लाइम, आर सी क्यू अरेञ्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटरलगाएतका विभिन्न पेय पदार्थको देशभर बिक्रि वितरण सुरु गरेको हो ।
मकवानपुरमा रहेको भेञ्चुरा बोटलर्सले उत्पादनका लागि आवश्य पर्ने कन्सनट्रेटेड कच्चा पद्दार्थ अमेरिकाको जर्जिया राज्यको कोलम्वसबाट आयात हुने गरेको जानकारी गराएको छ ।
सन् १९०५ मा संयुक्त राज्य अमेरिकाबाट उत्पादन सुरु गरिएको आर सी कोला हाल विश्वका विभिन्न देशहरुमा विस्तार गरिएको छ । यसको संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए), युरोपियन खाद्य सुरक्षा निकाय (इएफएसए) का साथै एशिया र अफ्रिकाका विभिन्न खाद्य सुरक्षासँग सम्बन्धित निकायहरुबाट अनुमोदन तथा नियमन समेत हुँदै आएको छ ।
प्रतिक्रिया