Logo

सेयर बजार

पुँजी बजारमा शिवमको दमदार इन्ट्री, यसकारण किन्नु उचित छ आईपीओ


appharu
   ४ श्रावण २०७५, शुक्रबार


काठमाडौं । पुँजी बजार यतिबेला शिवम् सिमेन्टको आईपीओ आउने चर्चाले गर्माएको छ । आईपीओ जारी गर्न पाउने पहिलो सिमेन्ट कम्पनीका रुपमा मात्र नभइ पुँजी बजारमा आकर्षक प्रतिफल दिने उत्पादनमूलक उद्योगका रुपमा शिवम्को इन्ट्री हुँदैछ ।

शिवम् सिमेन्टले पहिलो चरणमा साउन १३ गतेखदेखि आईपीओ निष्कासन गर्न सार्वजनिक आह्वानपत्र जारी गरिसकेको छ । तर, यो आईपीओ उद्योग प्रभावित मकवानपुरका स्थानीयवासीलाई मात्र हो ।

मकवानपुरवासीले ८ लाख ८० हजार कित्ता आईपीओ सहुलियतदर अर्थात प्रतिकित्ता २ सय रुपैयाँ प्रिमियम थप गरी ३ सय रुपैयाँमा खरिद गर्न पाउनेछन् ।

आईपीओ निष्कासनबाट उद्योगले २६ करोड ४० लाख रुपैयाँ संकलन गर्नेछ । आईपीओ निष्कासन साउन १३ गतेदेखि सुरु भई भदौ ११ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइने छ ।

यसलगत्तै सर्वसाधारणका लागि पनि सेयर जारी हुनेछ । स्थानीयवासीलाई बाँडफाँड गरेको ३ दिनभित्र उद्योगले सर्वसाधारणलाई प्रतिकित्ता ३ सय रुपैयाँ प्रिमिय थप गरी ४ सय रुपैयाँ दरमा ४४ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । यसबाट कम्पनीलाई थप १ अर्ब ७६ करोड रुपैयाँ संकलन हुनेछ ।

कम्पनीका अनुसार सर्वसाधारण र स्थानीयबाट कुल२ अर्ब २ करोड ४० लाख रुपैयाँ संकलन हुने छ । आईपीओ बाँडफाँटपछि कम्पनीको चुत्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ हुने छ । आईपीओ विक्री नभए अण्डरराइटर कम्पनी एनआईबीएल एस क्यापिटलले खरिद गर्नेछ ।
इक्रा नेपालले शिवम्को आईपीओलाई ग्रेड ३ प्लस अंक दिएकाले यसमा लगानीका लागि भने ढुक्क भए हुने देखिएको छ ।
कम्पनीले विगत ३ वर्षमा लगातार १० प्रतिशतभन्दा बढी लाभांश दिएको छ भने शिवमको प्रतिसेयर आम्दानी पनि ३२ रुपैयाँभन्दा बढी छ ।

गत चैत मसान्तसम्मको नेटवर्थ प्रतिसेयर १ सय ५६ रुपैयाँ रहेको छ । यस्तै, २ अर्ब १६ करोड रुपैयाँ जगेडा कोषमा छ भने सेयर पुँजीकरण ३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, चैत मसान्तसम्मको तथ्यांक हेर्ने हो भने कम्पनीले ७ अर्ब १० करोड ९४ लाख रुपैयाँको उत्पादन बिक्री गरेको देखिन्छ । कम्पनीका एक प्रवद्र्धक सतिशकुमार मोरका अनुुसार अघिल्ला वर्षहरूको तथ्यांक हेर्ने हो भने पनि कम्पनीको वृद्धि क्रमिक र उत्साहजनक छ ।

मोर भन्छन्– उत्पादनमूलक उद्योगतर्फ पहिलोपटक नम्बर १ कम्पनीको आईपीओ आउँदैछ, लगानीकर्ताले ढुक्क भएर किन्नुभए हुन्छ ।

उनका अनुसार सुरुवाती दिनमा शिवमले प्रतिदिन ७ सय टन सिमेन्ट र १२ सय टन क्लिंकर उत्पादन गरेकोमा अहिले ३ हजार टन प्रतिदिन सिमेन्ट र १९ सय टन क्लिंकर प्रतिदिन उत्पादन गर्ने क्षमता विस्तार भएको छ ।

विदेशी साझेदारीमा अर्को उद्योग (होङ्सी) खोलिसकेको कम्पनीले सर्वसाधारणमा सेयर विक्रीपछि पूर्ण क्षमतामा उत्पादन गर्नेछ ।

प्रकाशित : ४ श्रावण २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह