Logo

Banner-news

गण्डकी प्रदेश सरकारले लगानी सम्मेलन गर्ने


GDP Nepal
   १९ भाद्र २०७८, शनिबार


नवलपूर । ​गण्डकी प्रदेश सरकारले लगानी सम्मेलन गर्ने भएको छ । प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले औद्योगिक क्षेत्रमा लगानीकर्ता भित्र्याउन लगानी सम्मेलन गर्ने तयारी गरिरहेको जानकारी दिए।

कावासोतीमा नवलपुर उद्योग सङ्घको दोस्रो साधारणसभाको शनिबार उदघाटन गर्दै मुख्यमन्त्री पोखरेलले लगानी सम्मेलनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबीच छलफल चलिरहेको बताए।

कार्यक्रममा मुख्यमन्त्रीले राज्यले निजी क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्ने बताए । राज्यले केही आफ्ना दायित्वअन्तर्गत पर्ने काम नाफा वा घाटा जे भए पनि गर्नुपर्ने र त्यसबाहेकका क्षेत्रमा भने राज्यको भूमिका समन्वयकर्ता र उत्प्रेरकको रूपमा हुनुपर्ने उनले बताए ।

साधारणसभा कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, “राज्यले निजी क्षेत्रलाई प्रोमोट गर्नुपर्छ, राज्यले आफैँ उद्योग चलाउँछु, आफैँ व्यापार गर्छु, आफैं कमाउँछु, त्यो सम्भव छैन भन्ने कुरा प्रमाणित भएको छ । केही दायित्वहरूको छन्, जुन राज्यले बोक्नुपर्छ, चाहे घाटा लागोस् चाहे फाइदा होस्, ती क्षेत्रबाहेक अरुमा राज्यको भूमिका भनेको समन्वयकर्ताको हो, उत्पे्ररकको हो, जसका आधारमा निजी क्षेत्रहरू अघि बढ्नुपर्छ ।”

मुख्यमन्त्री पोखरेले उद्योग स्थापनामा केही कानुनी जटिलता रहेको स्वीकार गर्दै कानुन सहज बनाउनेतर्फ लाग्नुपर्ने बताए । कानुनले रोक्नेभन्दा भएका अप्ठ्यारा फुकाउनुपर्ने उनको भनाइ छ ।

“कानुन राम्रो हुनुपर्यो, कानुन सहज हुनुपर्यो, कानुनले रोक्ने होइन, कानुनले फुकाउनुप¥यो, यसतर्फ हाम्रो ध्यान नपुगेको स्वीकार गर्नुपर्छ”, मुख्यमन्त्री पोखरेलले भने, “कानुनी अप्ठ्यारो फुकाउन भने अझै पनि माथि ताक्नुपर्ने छ ।”

उद्योग स्थापनाका लागि आउने अप्ठ्यारा फुकाउन आफू र आफ्नो प्रदेशले गर्ने कुरा तत्काल हुनसक्ने र प्राथमिकतामा पर्ने उनले बताए ।

प्रकाशित : १९ भाद्र २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह