Logo

Banner-news

गभर्नर अधिकारीको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिए लगानीकर्ता


GDP नेपाल
   २१ भाद्र २०७८, सोमबार


काठमाडौँ ।

सेयर बजारमा लगातार गिरावट आएपछि लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका छन् ।

नेपाल राष्ट्र बैंकले सेयर कर्जा सिमा १२ करोड तोकेपछि बजार प्रभावित बनेको भन्दै लगानीकर्ताहरु गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । गभर्नर अधिकारीको राजीनामा माग गर्दै आज काठमाडौँमा मोटरसाइकल र्‍याली समेत निकालिएको छ ।

सेयर बजार लगातार राताम्मे भएपछि रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले १५ बुँदे माग राख्दै आइतबार नै गभर्नरको राजीनामा माग गरेको थियो । पछिल्लो एक सातामा नेप्से झण्डै २०० अंकले घटेको छ ।

प्रकाशित : २१ भाद्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह